मुक्तिनाथ फुड बैंकले सार्वजनिक रूपमा आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले १७ वैशाखमा हुने विशेष साधारणसभाबाट हकप्रद सेयर पारित गरी आव ०८१/८२ भित्र ४० करोड चुक्ता पुँजी पुर्याउने जनाएको छ ।
साथै, आव ०८२/८३ भित्र सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने कम्पनीको लक्ष्य छ । सेयर निष्कासनका लागि फुड बैंकले मुक्तिनाथ क्यापिटलसँग परामर्श लिनेछ । मुक्तिनाथ फुड बैंकका सञ्चालक मोहनकुमार बस्नेत र मुक्तिनाथ क्यापिटलका सिइओ कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।