प्रजातन्त्र सेनानी श्रेष्ठको निधन, सभापति देउवाद्वारा समवेदना व्यक्त

बुधबार, ३ बैशाख, २०८२
डिजिटल संस्करण

प्रजातन्त्र सेनानी मोतीकुमार श्रेष्ठको ९३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ । तनहुँको व्यास नगरपालिका– २ दमौली निवासी नेपाली कांग्रेसका नेता श्रेष्ठको मंगलबार राति निधन भएको हो । 

००७ को जनक्रान्तिमा बन्दीपुरमा भएको संघर्षमा उनले अग्रपंक्तिमा रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ ।

यसैबिच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् । 
 

सुझावित समाचार