समयमै परीक्षा सञ्चालन गर्न शिक्षक र सरकारसँग सहयोग माग्दै बोर्ड

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

कक्षा १२ को निर्धारित परीक्षा सञ्चालनमा समस्या आउन सक्ने भन्दै राष्ट्रिय परीक्षा बोर्डले शिक्षक आन्दोलनको समाधान खोज्न अनुरोध गरेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको १/२ दिनमा पनि शिक्षक आन्दोलन नरोकिए ११ वैशाखमा तोकिएको परीक्षामा समस्या आउने बताउँदै दुवै पक्षलाई संवेदनशील हुन अनुरोध गरेका हुन्। उनले नेपाल शिक्षक महासंघलाई र सरकार पक्षलाई छिटोभन्दा छिटो समस्या समाधानको स्थितिमा पुग्न अनुरोध गरे।

‘यहाँ पाँच लाख विद्यार्थीको कुरा छ, यसमा सरकार बढीभन्दा बढी जिम्मेवार र संवेदनशीन हुनुपर्छ, यो परीक्षा समयमै सञ्चालन भएन भने विद्यार्थी अन्योलमा हुन्छन्, नतिजा पनि समयमै प्रकाशन गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले तत्काल समाधानको बाटो खोज्नुपर्छ, शिक्षकहरूको सहभागिताविना कुनै पनि कार्य गर्न सकिँदैन।’

कक्षा १२ को परीक्षाको लागि आवश्यक तयारीसमेत बाँकी रहेको बताउँदै उनले यसबारेमा संवेदनशील हुन ध्यानाकर्षणसमेत गराए।

सुझावित समाचार