बिस्का जात्राअन्तर्गत मंगलबार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ। यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका हुन्।
2025-04-15-04-05-31.jpeg)
बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए। प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ।
2025-04-15-04-05-46.jpeg)
लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचीन कालदेखि चल्दै आएको मानिन्छ। जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ।
2025-04-15-04-06-00.jpeg)
मध्यपुर ठिमी– २ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन्। त्यसपछि जिब्रो छेड्ने व्यक्तिले अर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गर्दछन्। परिक्रमा गरिसकेपछि मात्र जिब्रोमा छेडिएको सुइरो निकाल्ने गरिन्छ।
2025-04-15-04-06-16.jpeg)
2025-04-15-04-06-32.jpeg)
2025-04-15-04-07-05.jpeg)
2025-04-15-04-06-56.jpeg)
2025-04-15-04-06-47.jpeg)