विमानस्थलबाट गाँजासहित एक पक्राउ

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो ९७० ग्राम गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २७ वर्षीय भारतीय नागरिक भिसाक भिजयन रहेको विमानस्थलका सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

उनले भने, ‘थाई एयरको उडानमार्फत बैंकक हुँदै गएराति नेपाल आएका उनको लगेज जाँचका क्रममा उक्त परिमाणको गाँजा फेलापरेपछि पक्राउ गरिएको हो ।’ भिजयनलाई थप अनुसन्धानका लागि लागुऔषध ब्युरो कोटेश्वर पठाइएको छ । 

सुझावित समाचार