हावाहुरीले घरको छाना उडाएपछि एकल महिलाको बिचल्ली

मंगलबार, २ बैशाख, २०८२
डिजिटल संस्करण

सिराहाको मिर्चैया नगरपालिका– १ महदेवा गाउँस्थित सार्वजनिक पोखरीको डिलमा बनाएको झुपडीको सोमबार राति आएको हावाहुरीले छाना उडाउँदा एकल महिलाको बिचल्ली भएको  छ । 

करिब दुई वर्षअघि श्रीमान् मगनिया सदा बितेपछि गाउँघरमा मजदुरी गरेर जीविका चलाउँदै आएकी करिब ४३ वर्षीया फुदुरदेवी सदा घरको टिनको छाना हावाले उडाएपछि बिचल्लीमा परेकी हुन् । श्रीमान् बितेपछि दुई भाइ छोरा कमाउन अन्यत्र गएको र घरमा आमाछोरीमा मात्र रहेका वेला आएको हावाहुरीले छाना उडाउँदा अप्ठ्यारोमा परेको मिर्चैया नगरपालिका न्यायिक समितिका सदस्यसमेत रहेका वडासदस्य सञ्जय साहले बताए । 

‘हावाहुरीले मानवीय क्षति भएन,’ उनले भने, ‘ओत लाग्ने झुपडीको छाना उडाएपछि समस्यामा परेकी छन् ।’ घरको छाना उडाएपछि सदा छोरीसहित छिमेकीको घरमा आश्रय लिएर बसेकी छिन् । ‘छोराहरूले दुःख गरेर हालेको छानो हावाले उडाएपछि यो गर्मीमा कसरी बस्ने भन्ने चिन्ता थपिएको छ,’ उनले भनिन् । 
 

सुझावित समाचार