कुलमान भन्छन्– सरकारले प्राधिकरणबाट हटाए पनि जनताको मनबाट हटेको छैन

शुक्रबार, २१ चैत, २०८१
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध–निर्देशक कुलमान घिसिङले आफू चेपाङ समुदायमा बत्ती बाल्न खटिएको समयमा हतोत्साही र दुराशयका साथ पदबाट हटाएको दाबी गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यसमा कतिपय खुसी भएको भए पनि नेपाली जनताले आफूलाई आशीर्वाद दिएको बताए । आफू प्राधिकरणबाट बिदा भएको भए पनि नेपाली जनताको मनबाट नहटेको उनको भनाइ छ ।

कसको स्वार्थमा आफूमाथि सरकार जाइलागेको भन्ने नेपाली जनताले बुझ्ने उनको भनाइ छ । एक राष्ट्रसेवक कर्मचारीका पक्षमा संसद्को रोस्टममा समेत आवाज उठेको जनताले महसुस गरेकोमा उनले खुसी व्यक्त गरे ।
 

सुझावित समाचार