तीनकुने घटनाका घाइतेको उपचारमा ८० लाख खर्च हुने अनुमान

घाइतेमध्ये १६ जना अझै अस्पतालमा उपचाररत

बिहिबार, २० चैत, २०८१
डिजिटल संस्करण
तीनकुने घटनाका घाइतेको उपचारमा ८० लाख खर्च हुने अनुमान

गत १५ चैतमा तीनकुनेमा राजावादीले गरेको प्रदर्शन । फाइल तस्बिर/नयाँ पत्रिका

तीनकुनेमा भएको घटनामा घाइतेमध्ये १६ जना अझै अस्पतालमा उपचाररत छन् । उनीहरूमध्ये १३ जना विभिन्न सरकारी अस्पताल र तीनजना निजी अस्पताल (दुईजना बिएन्डबी र एकजना केएमसी)मा उपचाररत छन् ।

घाइते सबैजसोको शल्यक्रिया गर्नुपरेको र उपचारका लागि धेरै खर्च भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । उनका अनुसार बिरामीको उपचारमा मात्रै ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

‘निजी र सरकारी जहाँ उपचार भए पनि सबै उपचार खर्च मन्त्रालयले व्यहोर्ने हो । सरकारी अस्पतालमा पनि बिरामीका लागि चाहिने सबै सामान हुँदैनन्, ती सामान बिरामीलाई किनाउनुपर्छ, तर उक्त भुक्तानी सरकारले गर्छ,’ उनले भने, ‘शल्यक्रिया र बिरामीको अवस्था गम्भीर भएका कारण उपचारमा पनि खर्च भएको हो ।’

बुढाथोकीका अनुसार सरकारी अस्पतालमध्ये सिभिल, वीर, टिचिङ, ट्रमा सेन्टरलगायत अस्पतालमा बिरामीको उपचार भइरहेको छ । 

See More On

सुझावित समाचार