चैत २५ देखि २९ गतेसम्म होटेल पौवाका सबै शाखामा ‘स्वादउत्सव’

मंगलबार, १८ चैत, २०८१
डिजिटल संस्करण

होटेल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिने गरी स्थापना भएको होटेल पौवाले स्थापनाको नवौँ वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको होटेल पौवाका अध्यक्ष दुर्गा भण्डारीले बताए ।

चैत २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने अध्यक्ष भण्डारीले बताए। 

नवौँ वार्षिकोत्सवको खुसियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेको हो । यो उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । उच्च आतिथ्य प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पुर्याउने यस कार्यक्रमको मुख्य लक्ष्य रहेको भण्डारीले बताए । 

यसैगरी, पौवाका सेफहरूबिच नै स्वस्थ प्रतिस्पर्धा गराई  बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि हो । स्वाद उत्सवमा पाहुनाहरूले दिने प्रतिक्रियाले सेफहरूको अनुभवमा निख्खरता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ । यो उत्सवको अर्को महत्त्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहनसमेत गर्नु रहेको उनले बताए ।

नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा एकैसाथ सञ्चालन हुनेछ । उत्सवमा भाग लिनका लागि सबै शाखाबाट दुई लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवाले आग्रह गरेको छ ।  

नौलो प्रस्तुतिका रूपमा नाै वर्षअघि उदाएको पौवाले आफ्नो नामको भावलाई प्रतिविम्बित गर्ने गरी आतिथ्य सेवा प्रदान गर्दै आएको छ । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पछ्याउँदै देशभर विस्तारित भइरहेको छ ।  

स्थापनकालदेखि नेपाली हस्पिटालिटी दिने उद्घोष गर्दै पौवाका हरेक शाखाहरूमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू हुँदै आएका छन् । अन्तर्राष्ट्रिय जगतमा समेत ख्याति कमाएको नेपाली सत्कारलाई ब्रान्डिङ गर्दै हरेक शाखाहरूमा नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको छ । 

नाै वर्षअघि विश्वशान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट होटेल पौवाको पहिलो यात्रा सुरु भएको थियो । आजको दिनसम्म आइपुग्दा १८ वटा शाखा पुगेका छन् । जहाँ सात सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । नेपालगन्जमा पाँचतारे होटेल ‘पौवा वेस्ट्रन’को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेस्टुरेन्ट सुरु भइसकेको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्टसमेत स्थापना हुँदै छ । 

सुझावित समाचार