घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटामा एकजनाको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका–३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राईको रुखबाट लडेर मृत्यु भएको हो ।
आफ्नै बारीमा रहेको टाँकीको रुखमा चडेर घाँस काट्ने क्रममा राई टाँकीको रुखबाट भुइँमा खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा ल्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी श्यामसिंह चौधरीले बताए ।
उनको लासलाई पोस्टमार्टमको लागि धनकुटा अस्पतालको सवगृहमा राखिएको छ । मृतकको परिवारबाट उजुरी आएपछि कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।