कलाकार मदनदास श्रेष्ठले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाएकोमा असन्तुष्टि जनाएका छन्। सरकारको निर्णयले जनता पटक्कै खुशी नभएको उनको टिप्पणी छ ।
कुलमानसँगको तस्बिर राख्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्–
एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोड सेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कूल मान घिसिङको नाम लिएका थिए ।
एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम “कुलमान घिसिङ“ ...
हरेक लक्षमी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झीने बिषेश नाम “कुलमान घिसिङ“
लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती हुन “कुल मान घिसिङ“
नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त
“कुल मान घिसिङ“
कुल मान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन है सरकार ! पटक्कै खुशी छैनन् ।
“तमसोमा ज्योतीर्गमय“
“असतो मा सद्गमयो“
.....................