गोरखाको शक्तिचोकमा नेपाली सेना रिपुमर्दन गण र सहिद लखन गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको दुईदिने बृहत् स्वास्थ्य शिविरलाई सानिमा बैंकले आर्थिक सहयोग गरेको छ।
सहिद लखन– ६ घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित शिविरबाट ५२५ जना स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएका बैंकले जनाएको छर
उक्त शिविरमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकताअनुसार निःशुल्क औषधि पनि वितरण गरिएको थियो।
सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतालगायत विभिन्न क्षेत्रमा कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाएको छ।