प्रतिनिधिसभा बैठक : अवराेध कायमै (LIVE)

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

आधा घण्टाका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएकाे छ। ताेकिएकाे समयमा बैठक सुरु नभएपछि सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने पाँच दलका नेताहरूसँग छलफल गरेका थिए। दिउँसाे ३ बजे बस्ने गरी बाेलाइएकाे बैठक केही ढिला गरी पुनः सुरु भएकाे हाे।

यसअघि बैठक सुरु हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। विराेधपछि सभामुखले माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिएका थिए। सांसद बस्नेतले परिवर्तित परिस्थितिप्रति सरकार बेखबर भएर स्वार्थ समूहकाे हितमा लागिपरेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाएको बताएका थिए।

सुझावित समाचार