सरकारको विरोधमा सडकमा नारा–कता हिँडेको बिजुली मारेर, कुलमान फालेर ? [भिडियाे]

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेपछि उनको समर्थनमा जनलहर उर्लिएको छ। सोमबार घिसिङ बर्खास्तीमा परेपछि मंगलबार नागरिकले देशका विभिन्न स्थानमा जुलुस र र्याली निकालेका छन्।

जुलुसमा सहभागीहरूले ऊर्जामन्त्री दीपक खड्का र प्रधानमन्त्री केपी ओलीको राजीनामासमेत मागे। उनीहरूले ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर?’ भन्दै सरकारलाई कटाक्षसमेत गरेका थिए।

भिडियाेमा हेर्नुस् सरकारविरूद्ध सडकमा भएकाे प्रदर्शन :

सुझावित समाचार