सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं कमलादीस्थित आफ्नै कार्यालय भवनमा ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कोरियाबाट नीराजन ढकालले जिमनी ट्रान्समार्फत सिटी एक्सप्रेसमा आमा निर्मला तिवारीलाई रेमिट्यान्स पठाउँदा उक्त योजनाअन्तर्गत आफूले पठाएको रकमको १८ गुणा गरी रु. ७,५४,३६२ जित्न सफल भएका थिए, सो रकम उनकी आमा निर्मला तिवारीलाई हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा नेपाली चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर जितु नेपालको उपस्थिति थियो ।
सोही योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक महिना दुईजनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुईजनालाई सामसुङको स्मार्ट टिभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही रु. ५०० को सिटीपे वालेट टपअप र अन्त्यमा एकजना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत १६२० जनाले दैनिक उपहार (रु. ५०० को वालेट टपअप), २४ जनाले साप्ताहिक उपहार (सामसुङको स्मार्ट टिभी) र ६ जनाले मासिक उपहार (सामसुङको स्मार्ट फोन) जित्न सफल भइसकेका छन् ।
सोही कार्यक्रममा सिटी एक्सप्रेसले ०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गरेको छ । हरेक वर्ष नयाँ–नयाँ विषय वस्तुलाई समावेश गरेर क्यालेन्डर प्रकाशन गर्ने सिटी एक्सप्रेसले यस वर्ष भने आर्थिक समृद्धिको विषयवस्तुमा क्यालेन्डर तयार पारेको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेसले सिटीपे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ ।