आइपिएल–२०२५ : लखनउमाथि दिल्लीको सनसनी जित

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण

आशुतोष शर्माले ३१ बलमा ६६ रनको आक्रामक इनिङ्स खेलेपछि सोमबार दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउमाथि एक विकेटको रोमाञ्चक जित निकालेको छ । आइपिएल इतिहासमा दिल्लीले पहिलोपटक दुई रनमाथिको लक्ष्य सफलतापूर्वक पार गरेको हो । पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर दुई सय ९ रन जोडेको थियो । प्रत्युत्तरमा दिल्लीले १९.३ ओभरमा नौ विकेटको क्षतिमा २११ रन जोड्दै सनसनी जित निकालेको हो ।

आशुतोषले समान पाँच चौका र छक्का प्रहार गरेका थिए । लक्ष्य पछ्याएको इनिङ्समा दिल्लीले पहिलो ओभरमै दुई विकेट गुमाएको थियो । त्यसपछि कप्तान अक्षर पटेलले २२ रन, स्टुबासले २२ बलमा ३४ रन र विप्राज निगमले १५ बलमा ३९ रन जोडेपछि दिल्लीले जितको आधार बनायो । निगमले पाँच चौका र दुई छक्का प्रहार गरे । आशुतोष र निगमले सातौँ विकेटका लागि २२ बलमा ५५ रनको साझेदार गरेका थिए ।

यसअघि पहिलो ब्याटिङ गरेको लखनउका लागि मिचले मार्स र निकोलास पुरनले आक्रामक खेल देखाए । लखनउले पहिलो विकेट ४६ रनमा गुमाएको थियो । त्यसपछि पुरन र मार्सले दोस्रो विकेटका लागि ४२ बलमा ८२ रनको साझेदारी गरेका थिए । मार्सले ३६ बलमा समान ६ चौका र छक्का प्रहार गरी ७२ रन बटुले । निकोलासले ३० बलमा ६ चौका र ७ छक्का प्रहार गरी ७५ रनको योगदान दिए । 

मार्सले केवल २१ बलमा अर्धशतकीय इनिङ्स खेलेका थिए । दुवैले १९ बलमा ५० रनको साझेदारी गरेका थिए । लखनउले १२.४ ओभरमा १५० रन पुरा गरेको थियो । १९.५ ओभरमा लखनउले दुई सय रन जोडेको थियो । सो ब्याटिङ इनिङ्समा डेभिड मिलरले १९ बलमा दुई चौका र एक छक्का प्रहार गरी २७ रन जोडे । 

See More On

सुझावित समाचार