काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन

सोमबार, १० चैत, २०८१
डिजिटल संस्करण

कबाड व्यवसायमाथि काठमाडौं महानगरपालिकाले धरपकड गरेको भन्दै कबाड व्यवसायीले महानगरपालिकाविरुद्ध प्रदर्शन गरेका छन्। सोमबार दिउँसो कमलादीस्थित महानगरपालिकाको कार्यालय अगाडि उनीहरूले प्रदर्शन गरेका हुन्। 

व्यवसायी तथा कामदार गरी करिब दुई सयजना जम्मा भएर प्रदर्शन गरेका छन्। महानगरपालिकाभित्र कबाडको गोदाम राख्न कडाइ गरी डोजर चलाएपछि उनीहरू आन्दोलित भएका छन्। मंगलबार पनि टेकुमा प्रदर्शन गरिने उनीहरूले बताएका छन्। 

विगत एक वर्षदेखि नै महानगरपालिका र कबाड व्यवसायीबिच विवाद चलिरहेको छ। आफ्नो व्यवसायमाथि धरपकड नरोकिएसम्म आन्दोलन गरिने उनीहरूले बताएका छन्। 

सुझावित समाचार