महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत पारित

शनिबार, ८ चैत, २०८१
डिजिटल संस्करण

मर्यादित महिनावारीका लागि महिनावारी विभेद अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाले सर्वसम्मत पारित गरेको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाह (गरिमा)ले शुक्रबारको बैठकमा प्रस्तुत गरेको संकल्प प्रस्तावलाई छलफलपछि सभाले अनुमोदन गरेको हो । 

संकल्प प्रस्ताव पारित भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले त्यसमा उल्लिखित विषय कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन दिए । साथै कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित समितिलाई समेत जिम्मेवारी तोकिएको छ । १८ माघमा दर्ता भएको शाहको प्रस्तावमा सुमित्रा बिसी, विष्णुकुमारी सापकोटा, गंगा बेल्बासे, पूजा चौधरी र डा. अञ्जान शाक्यले समर्थन जनाएका थिए । 

संकल्प प्रस्तावमा महिनावारी हुने बालिका तथा महिलाले यस अवधिमा भोग्नुपर्ने सामाजिक बहिष्करण, हिंसा, विभेद तथा तिनका कारण उत्पन्न शारीरिक र मानसिक पीडा एवं असुरक्षाले समग्र व्यक्तित्व विकास अवरुद्ध गर्ने उल्लेख छ । यस्तो विभेद अन्त्य गर्न तथा सामाजिक न्याय, मौलिक अधिकार र मानव अधिकारको रक्षा सुनिश्चित गर्न कानुनी तथा संरचनागत सुधार आवश्यक रहेको प्रस्तावमा उल्लेख छ ।

सुझावित समाचार