ललितपुर महानगरपालिका– २५ मा निर्माणाधीन सञ्जीवनी पार्कको पहिलो खण्डको काम पूरा भएको छ। शुक्रबार महानगरका मेयर चिरिबाबु महर्जनले पार्कको पहिलो खण्डको उद्घाटन गरे।
हाल ललितपुर महानगरपालिकाभित्र ४० वटा पार्क निर्माण भइसकेका छन्। पार्क निर्माण गर्ने अभियानकै रूपमा सञ्जीवनी पार्क निर्माण गरिएको मेयर महर्जनले जानकारी दिए। उनका अनुसार यो पार्क सार्वजनिक क्षेत्रमा बनेको छ।
पार्क बनाउँदा स्थानीयवासीलाई आराम गर्ने स्थान पनि हुने र जग्गाको पनि संरक्षण हुने मेयर महर्जनले बताए। भैँसेपाटी चोकनजिकै निर्माण भएको पार्कमा बोटबिरुवा र दुबो रोपिएको छ। तीन रोपनी क्षेत्रफलमा फैलिएको पार्क निर्माणका ७६ लाख रुपैयाँ खर्च भएको बताइएको छ।