नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न एनएमबि बैंक, इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र युरोपियन युनियन (इयू)बिच साझेदारी भएको छ । यही साझेदारीअन्तर्गत मार्च पहिलो साता बैंकले अन्तर्राष्ट्रिय आइएफसीसँगको सहकार्य र इयूको युरोपियन युनियनको एसिएसआइएसको सहयोगमा तीनदिने तालिम सञ्चालन गरेको छ ।
सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्र ऊर्जा, कृषि व्यवसाय र साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित रहेको बैंकले जनाएको छ ।
नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन (इएसजी)का अभ्यासलाई समाहित गर्न जोड दिएको थियो ।
यसबाट प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुग्ने विश्वास बैंकको छ । तालिममा आइएफसीका विशेषज्ञ, बैंकको व्यावसायिक टोली तथा जोखिम अधिकृतलगायत ९० जना सहभागी थिए ।