जर्मन प्रविधिको एएसी ब्लकसम्बन्धी सम्मेलन भोलिदेखि

बिहिबार, ६ चैत, २०८१
डिजिटल संस्करण

एएसी ब्रिक उत्पादक संघको आयोजनामा नेपालमा पहिलोपटक ‘अटोक्लेभ्ड एएरेटेड कंक्रिट’ (एसिसी) ब्लकसम्बन्धी सम्मेलन हुने भएको छ । ‘फर्स्ट एएसी कन्फेरेन्स : बिल्डिङ सस्टेनेबल फ्युचर’ नामक उक्त सम्मेलन शुक्रबार काठमाडौंमा हुँदै छ ।

संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमा भारत र नेपालका प्राविधिक तथा विज्ञहरूको सहभागी हुने बताएको छ । एएसी ब्लक सिमेन्ट, बालुवा, जिप्सम, चुना, आल्मुनियमलगायतका कच्चा पदार्थ बनाइने इँटा हो । यो जर्मन प्रविधिमा आधारित इँटा हो । 

नेपालमा १० वर्षदेखि यस्ता ब्लकको उत्पादन भइरहेको छ । ६ मंसिरको मन्त्रिपरिषद्ले पनि यसलाई सरकारी भवनमा प्रयोग गर्न मान्यता दिएको छ । घर तथा भवनको गारोमा यस्ता इँटा प्रयोग गर्दा कुल लागत नै ३० प्रतिशतसम्म कम हुने संघको दाबी छ । त्यसैले यसको प्रयोगलाई प्रोत्साहन गर्न सम्मेलन गर्न लागिएको संघका अध्यक्ष निकोलस पाण्डेले बताए ।

See More On

सुझावित समाचार