जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा निर्वाचित भएका छन् । चैत ५ गते सम्पन्न निर्वाचनबाट ११४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम् प्रतिदोन्दी अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । निर्वाचित बुढाले ११४ मत प्राप्त गर्दा प्रतिस्पर्धी जैसीले १०९ मत प्राप्त गरेका छन् । जसमा नेविसंघका खेमराज आचार्यले ८८ मत प्राप्त गरेका छन् ।
कुल मतदाता संख्या ३३४ रहेकोमा ३१८ मत खसेको थियो । त्यसैगरी, सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । उनले ९४ मत प्राप्त गरे । सचिवका प्रतिस्पर्धी अनेरास्ववियुका नवराज भण्डारीले ८६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकै बिनबहादुर रावत विजयी भएका छन् । रावतले १०७ मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघका सरला उपाध्यायले ९८ मत प्राप्त गरेकी छिन् ।
यस्तै, सदस्यमा नेविसंका प्रवीण बुढथापा (१४६), अनेरास्ववियुका सुर्जा रावल (११९), नेविसंघका राष्टु थापा (१०३), अखिल (क्रान्तिकारी)का टोपबहादुर बोहोरा (१०३) र अनेरास्ववियुका हिमाली धिताल (९७) मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत पदमबहादुर शाहीले बताए ।