साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१.६३ अंकले घटेर दुई हजार ७१४.८५ को विन्दुमा झरेको छ ।
आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर ७९ हजार ३१ पटक खरिद–बिक्री हुँदा रु. ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।
आज व्यापार समूह ४.९२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै २.२५ प्रतिशतले घटेको छ । बैंकिङ ०.८०, वित्त १.३९, होटेल तथा पर्यटन ०.५३, जलविद्युत् १.२९, लगानी १.७२, जीवन बिमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.०४, निर्जीवन बिमा ०.७२ र अन्य समूह १.५२ प्रतिशतले घटेको छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा आज सबैभन्दा धेरै ८.१९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ७.९१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु. ५८ करोड ६६ लाख आठ हजार ३४८ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ ।