प्रचण्डको तस्बिर जलाउने राप्रपाका युवा नेता पक्राउ

आइतबार, २ चैत, २०८१
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाउने एकजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता नीराजन बम छन् ।  कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिव हुन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौं आउने तयारी गरेका वेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार मकवानपुरको हेटौँडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए ।

See More On

सुझावित समाचार