भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

बिहिबार, २९ फागुन, २०८१
डिजिटल संस्करण

भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ।

मध्यपुर थिमि नगरपालिका–३, गठ्ठाघर चोकस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख १८८४ नम्बरको ट्रकले बा.३१ प ४४४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलचालक भक्तपुर नगरपालिका–६ बस्ने ३६ वर्षीय श्यामकृष्ण कायस्थको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

सुझावित समाचार