भुटानी शरणार्थी, बालमन्दिर, त्रिवि काण्ड गंगामा धुनुभयो : प्रचण्ड [भिडियाेसहित]

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई हिजोका राजा–महाराजाले जस्तो पूरै सडक खाली गराएर सवारी चलाउने सनक चढेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारूढ पार्टीका कार्यकर्ताले बर्दीधारीलाई कुट्ने गर्दा लोकतन्त्रप्रति भरोसा राख्छ कि वितृष्णा भन्दै हेक्का राख्न आग्रह गरे । उनले सबै जनताको सघन निगरानीमा रहेको भन्दै पछिल्ला आठ महिनामा लोकतन्त्रलाई गंगा नदीजस्तो बनाइदिएको बताए ।

‘एक–अर्कालाई चोख्याएर नक्कली भुटानी शरणार्थी धुनुभयो गंगामा । तर, फोहोर भयो लोकतन्त्र । बालमन्दिर धुनुभयो, फोहोर थुप्रियो, त्रिविका काण्ड धुनुभयो, तर मैलाे लोकतन्त्रमा देखियो,’ प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरेर जवाफदेही भएनौँ भने आउने दिन झन् जटिल हुन्छ भनेको थिएँ ।’ 

सुझावित समाचार