पिएम कपमा किरणको पहिलो शतक

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमका किरण ठगुन्नाले शतकीय इनिङ्स खेलेका छन् । किरणको प्रतियोगिताकै पहिलो शतकको सहयोगमा सुदूरपश्चिमले गण्डकीलाई ६ विकेटले हराउन सफल भयो । लुम्बिनीमा चलिरहेको प्रतियोगितामा गण्डकीले ५० ओभरमा आठ विकेट गुमाएर २२० रन बनाएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले ४३.५ ओभरमा चार विकेटको क्षतिमा २२२ रन जोडेको थियो । 

खेलकै म्यान अफ दी म्याच किरणले १०१ बलमा १२१ रनको नटआउट इनिङ्स खेलेका थिए । उनले नौ चौका र ६ छक्का प्रहार गरेका थिए । उनले ४८ बलमा ५० रन बनाएका थिए । पिएम कपकै पहिलो शतक बनाउने क्रममा उनले ९१ बलमा पूरा गरेका थिए । सुदूरपश्चिमको जितमा कप्तान नारायण जोशीले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरी ३८ रन बनाए । 

यसअघि ब्याटिङ गरेको गण्डकीका दीपकले ७४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ६० रनको योगदान दिए । ओपनर अर्जुन कुमालले ९५ बलमा ५७ रन बटुले । उनले चार चौका र एक छक्का प्रहार गरे । पुछारका सुदीप अर्यालले १६ बलमा २३ रन तथा कप्तान विपिन खत्रीले १० रन बनाए । 

See More On

सुझावित समाचार