ललितपुर महानगरपालिका– ९ च्यासलस्थित मनोहरा खोला किनारमा रहेकाे च्यासल खेलमैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ। बाढीले पूर्ण क्षति भएको च्यासल फुटबल ग्राउन्ड अझै पनि खेल्न योग्य बनेकाे छैन ।
खेलमैदानको माटो पन्छाएर अहिले सामान्य चौरजस्तो बनेको छ। यस्तै, चौरमा खेलाडीहरू अहिले अभ्यास गरिरहेका छन्। केही घरेलु लिगहरू चलिरहेको अवस्थामा काठमाडौंमा अभ्यासका लागि पर्याप्त मैदान छैन, त्यसैले यस्तो ठाउँमा अभ्यास गर्नुपर्ने बाध्यता छ । च्यासल खेलमैदान दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले २८ करोड खर्चेर ०७६ सालमा तयार गरेको हो।
हेर्नुहोस् तस्बिरहरू :





