रेक्टरले कार्यकक्ष तोडफोडको नियोजित आरोप लगाएको भन्दै नेविसंघद्वारा आपत्ति

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघले त्रिविका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा भएको तोडफोडको विषयमा संगठनलाई जोडेको विषयमा ध्यानाकर्षण भएको जनाएको छ। उक्त घटना संगठनको कुनै आधिकारिक निर्णय वा निर्देशनअनुसार नभएको प्रस्ट्याउँदै नेविसंघ त्रिवि कमिटीले रेक्टरको आरोप भ्रामक र निराधार रहेको बताएको छ।

रेक्टरले नियोजित रूपमा आरोप लगाएको बताउँदै नेविसंघले सो अभिव्यक्ति फिर्ता लिन माग गरेको छ। अन्यथा त्रिभुवन विश्वविद्यालयलाई बदनाम गर्ने र प्रपञ्च रच्नेविरुद्ध कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ।

विश्वविद्यालयमा हुने हरेक समस्याको समाधानका लागि सबै पक्षसँग संवाद गर्न र आफ्नो आन्दोलनलाई मर्यादित बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै नेविसंघले भनेको छ, ‘नियोजित रूपमा दिएको अभिव्यक्ति रेक्टरबाट फिर्ता लिइयोस्‌ भन्ने नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ। अन्यथा नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय बदनाम र प्रपञ्च रच्नेविरुद्ध कडा कदम चाल्ने चेतावनीसमेत दिन चाहन्छौँ।’

सुझावित समाचार