जसपा नेपालका पूर्वसांसद प्रमोद साह माओवादी प्रवेश

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

जसपा नेपालका पूर्वसांसद प्रमोद साह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन्। जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा साहलगायतलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।

साह ०७४ को आमनिर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने ०७८ देखि जसपा नेपालको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका थिए।

पार्टी प्रवेशपछि साहले २४० वर्षे एकात्मक सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रमुख दल माओवादी केन्द्र भएकाले आफूले यही दल रोजेको बताए। तमाम उत्पीडित समुदायलाई मुक्ति दिने माओवादी र यसको कुशल नेतृत्व प्रचण्डले नै अब मधेश आन्दोलनका बाँकी कार्यभार पूरा गर्न सक्ने ठहर गरी आफू माओवादीको हिस्सेदार बनेको उनको भनाइ थियो।

अहिले कांग्रेस र एमाले पहिचानविरोधी दलको रूपमा देखिएको तथा मधेशी दल अवसरवादमा लिप्त भएकाले अब माओवादीलाई विश्वास गरेर मात्रै मधेशी जनताको मुक्ति सम्भव हुने उनले बताए।

सुझावित समाचार