तस्बिरमा रमदानको पहिलो शुक्रबार

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

इस्लाम धर्मावलम्बीहरूले रमदानको पहिलो शुक्रबारको नमाज पढेका छन्। एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले दिनमा पाँचपटक नमाज पढ्ने गर्छन्।

दिनभर निराहार बसेर साँझ घाम अस्ताएपछि उनीहरूले रोजा (व्रत) तोड्ने गर्छन्। हरेक दिन सूर्योदय भएसँगै रोजा सुरु हुने गर्छ। इस्लाम धर्मको नियमअनुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य गरिएको हुन्छ।

इस्लामका कल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ। राजधानीको घन्टाघरमा रहेका मस्जिदमा नमाज पढ्ने आउने मुस्लिम धर्मावलम्बीको भिड लागेको छ।

हेर्नुस् तस्बिरहरू :

See More On

सुझावित समाचार