बस पल्टिँदा १५ जनाभन्दा बढी घाइते

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

महोत्तरीको महोत्तरी गाउँपालिका ५ गोरिगामामा बस पल्टिँदा १५जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ना३ख ८९९७ नं. को यात्रुवाहक बस गति अनियन्त्रित भई खेतमा पल्टिएर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए।

 दुर्घटनाका घाइतेहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा अन्य स्थानहरुमा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीकाे भनाइ छ ।  बस पल्टिएपछि चालक र सहचालक फरार  छन् । प्रहरीले घटनाबारे थप बुझिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलाल प्रसाद जयसवारले बताए ।

सुझावित समाचार