कुलमानलाई हटाइए सडक र सदनबाटै विरोध हुन्छ : ज्ञानेन्द्र शाही

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइए त्यसको विरोध हुने बताएका छन् । बुधबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘कुलमान घिसिङलाई हटाउने जो प्रपञ्च गरिँदै छ र मन्त्रिपरिषदबाट निर्णय हुँदै छ भन्ने सुन्नमा आएको छ । यदि कुलमान घिसिङलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलेको ठानेर सडक र सदनबाट आवाज उठ्छ,’ उनले भने ।

सुझावित समाचार