छैटौँ सुदूरपश्चिम स्पोर्टस् अवार्ड ७ चैतमा

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

छैटौँ सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ आगामी ७ चैतमा आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले छैटौँ संस्करणलाई थप स्तरीय बनाउने तयारी भइरहेको बताए ।

‘सुदूरपश्चिम स्पोर्टस् अवार्डले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी र प्रशिक्षक चिनाउन उत्प्रेरणा प्रदान गर्दै आएको छ,’ उनले भने, ‘यसपालि खुला मैदानमा अवार्ड हुनेछ ।’ 

मञ्चले आठ विधामा अवार्ड प्रदान गरिने कोषाध्यक्ष नवराज पनेरूले बताए । उनका अनुसार उत्कृष्ट खेलाडी पुरुष र महिला, प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिलाले समान ३५ हजार रुपैयाँ पाउनेछन् । वर्षका उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट विजेतालाई समान २५ हजार रुपैयाँ प्रदान गरिने अध्यक्ष पाठकले बताए । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । 

सुझावित समाचार