काठमाडौंको शंखरापुर नगरपालिका– ३ स्थित हिमालयन भ्यु पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
रिसोर्ट सञ्चालक ज्ञानबहादुर तामाङसहित ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद पाँच लाख ३३ हजार दुई सय रुपैयाँ र तीन बुक तासहित पक्राउ गरेको हो ।