आगलागीपीडितलाई पाथीभरा याङ्वरक गाउँपालिकाले ६० हजार दिने

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाले विपत् प्रभावित परिवारलाई घर बनाउने प्रयोजनका लागि प्रतिपरिवार ६० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। 

साथै, विपतका कारण अत्यावश्यक दैनिक उपभोग्य सामग्री गुमाएका परिवारलाई आपतकालीन सहयोग सामग्री पनि उपलब्ध गराउने निर्णय गरेको छ। 

यसै क्रममा आगलागीबाट घर गुमाएका पालिकाको वडा नम्बर २ थेचम्बुका युवराज तामाङको परिवारलाई घर बनाउन ६० हजारबराबरको कर्कटपाता उपलब्ध गराउने पालिकाले घोषणा गरेको छ। पालिका अध्यक्ष केशरकुमार सुब्बा आगलागीपीडित परिवारलाई सान्त्वना दिन एवं आपतकालीन राहत दिन पीडितको घरमै पुगेका थिए। 
 

सम्पादकको रोजाइ

सुझावित समाचार