कांग्रेस नेता डा. शेखरले भेटे प्रकृति लम्सालको परिवार

शनिबार, १७ फागुन, २०८१
डिजिटल संस्करण

कांग्रेस नेता डा. शेखर कोइरालाले भारतको उडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) कलेजमा निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटेका छन्।

कोइरालाले रुपन्देहीको भैरहवास्थित लम्सालनिवास पुगेर शनिबार प्रकृतिको परिवारसँग भेट गरेका हुन्। प्रकृतिको मृत्युको घटनालाई सरकार र कांग्रेसले अत्यन्तै गम्भीर रूपमा लिएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको बताए।

कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनका लागि आवश्यक पहल भइरहेको पनि बताए।
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनाललाई साथमा लिएर पुगेका थिए।

सुझावित समाचार