काठमाडौंका सार्वजनिक यातायातमा पेसेवर रूपमा पाकेटमारी गर्दै आएको आरोपमा प्रहरीले आठजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले अप्रेसन चलाएर उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा धादिङको थाक्रे गाउँपालिका– १ का २७ वर्षीय विदुर कमल, गल्छी गाउँपालिकाका २८ वर्षीय विवेक ढुंगाना, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– २ का २५ वर्षीय विकास तामाङ, काभ्रेको पाँचखाल नगरपालिका– ८ का ३७ वर्षीय सनबहादुुर तामाङ, सिन्धुलीका सुनकोशी गाउँपालिका– २ का शंखबहादुर योञ्जन, रौतहटको चन्द्रनिगाहपुर नगरपालिका– ३ का ३८ वर्षीय आकाश तामाङ, काभ्रेको रोशी गाउँपालिका– ४ का २६ वर्षीय प्रकाश लामा र काभ्रेकै मण्डदेउपुर गाउँपालिका– ५ घर भएका ३५ वर्षीय कसाङ तामाङ छन्। पक्राउ परेका उपर अभद्र व्यवहार मुद्दामा कारबाही अघि बढाइएको स्वयम्भू वृत्तका डिएसपी उद्धवसिंह भाटले बताए।
गत १२ फागुनमा मात्र स्वयम्भू वृत्तले सार्वजनिक बसबाट ५० हजार पाकेटमारीको आरोपमा काभ्रेका श्याम तामाङ र सुमन मगरलाई पक्राउ गरेको थियो ।