साढे तीन किलो सुनसहित तीन विदेशी विमानस्थलमा पक्राउ

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

दुबईबाट काठमाडौं आएका तीन विदेशी तीन किलो ७७५ ग्राम सुनसहित पक्राउ परेका छन्। फ्लाई दुबईको एफजेड५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनैजना महिला छन्। 

चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरूलाई नेपाल प्रहरीको सादा पोसाकका प्रहरीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनीहरूसँग आठवटा सुनका टुक्रा बरामद भएको छ। सुन तस्करीमा संलग्न गिरोहले भरियाका रूपमा उनीहरूलाई नेपाल पठाएको आशंका प्रहरीको छ । सुनको परीक्षण हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार