आइसिसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इंग्ल्यान्डलाई ३२६ रनको लक्ष्य दिएको छ। लाहोरमा टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले सात विकेटको क्षतिमा ३२५ रन जोडेको हो।
इब्राहिम जर्दानले सर्वाधिक १७७ रन जोडे। १४६ बल सामना गरेका जर्दानले १२ चौका र ६ छक्का प्रहार गरे। यसैगरी, अज्मतुल्लाह ओमरजाइले ४१ रन बनाउँदा कप्तान हसमतुल्लाह साहिदी र मोहम्मद नाबी ४० रन जोडेर पेभिलियन फर्किए।
तीन बल सामना गरेका गुलबदिन नैब र एक बल सामना गरेका रासिद खानले अविजित एक–एक रन बनाउँदा मैदान उत्रिएका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।
इंग्ल्यान्डका जोफ्रा आर्चर एक्लैले तीन विकेट लिँदा लियाम लिभिङस्टोनले दुई तथा जेमी ओभरटन र आदिल रासिदले एक–एक विकेट लिए।