उपाधि भिडन्तमा यस्तो छ नेपालको लाइन-अप

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण
उपाधि भिडन्तमा यस्तो छ नेपालको लाइन-अप

फाइल तस्बिर

नेपाल र म्यानमारबिच फोर नेसन्स कप च्याम्पियनसिपको उपाधि भिडन्त केही बेरमा सुरु हुँदै छ। दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुने फाइनल खेलका लागि नेपाली टोलीको सुरुवाती–११ सार्वजनिक भएको छ।

नेपाल गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ। फाइनल खेलको सुरवाती–११ मा सुब्बासँगै समीक्षा घिमिरे, गीता राना, विमला विक, पूजा राना, प्रीति राई, रेनुका नगरकोटे, सरु लिम्बू, सविता रानामगर, सावित्रा भण्डारी ‘साम्बा’ र रेखा पौडेल छन्।

प्रतियोगितामा सहभागी लेबनान र किर्गिस्तान लगातार दुई हारका साथ बाहिरिँदा म्यानमार र नेपाल राउन्ड रोबिनको अन्तिम खेलअघि नै फाइनलमा पुगेका थिए।

राउन्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले महिला फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथि रहेको म्यानमारलाई २–२ को बराबरीमा रोकेको थियो। महिला फिफा वरीयतामा म्यानमार ५५औँ स्थानमा छ भने नेपाल १०३औँ स्थानमा छ।

सुझावित समाचार