बिवाइडीको ‘हाइटेक विक’

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बिवाइडी हाइटेक विक २०२५’ गर्ने घोषणा गरेको छ । इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउन यो खालको इभेन्ट पहिलो हुने कम्पनीको दाबी छ । १५ देखि १८ फागुनसम्म द एभरेस्ट होटेलमा आयोजना हुने ‘हाइटेक विक’मा न्यु इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार गर्न पाइनेछ ।

उक्त कार्यक्रमले इभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउनेछ । शिक्षा दिने, संलग्नता बढाउने र प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ डिजाइन गरिएको सो इभेन्ट औद्योगिक व्यवसायी, इभी प्रयोगकर्ता, प्रविधि उत्साही र आमसर्वसाधारण सबैका लागि भएको कम्पनीले जनाएको छ । 

इभेन्टमा बिवाइडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई–प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डिएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस), इन–कार एआई इनोभेसनलगायतका अत्याधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ । त्यस्तै, नेक्स्ट–जेन भेइकल सोकेसअन्तर्गत बिवाइडीका पछिल्ला मोडेल र आगामी दिनमा उपलब्ध हुने मोडेलको पनि प्रत्यक्ष अनुभव गर्न पाइनेछ । 

लाइभ डेमोअन्तर्गत भने रियल–टाइम टेक्नोलोजी डेमोको प्रत्यक्ष अवलोकन, पछिल्लो इभी ट्रेन्ड र एनइभी टेक्नोलोजीको भविष्यबारे यो उद्योगका नेतृत्वकर्ता, इन्जिनियर र सस्टेनेबिलिटी एड्भोकेटबाट जानकारी उपलब्ध गराइने कम्पनीको भनाइ छ । हाइटेक विकले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको छ । 

See More On

सुझावित समाचार