पोखरा फाइनान्सको सञ्चालकमा सुर्खाली

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

पोखरा फाइनान्सको सञ्चालकमा यामबहादुर सुर्खाली चयन भएका छन् । पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको फाइनान्सको नयाँ सञ्चालकमा सुर्खाली चयन भएका हुन् ।

यसअघिको समितिमा राजकुमार गुरुङ अध्यक्ष तथा प्रतीक गुरुङ, तिलबहादुर गुरुङ, गङ्गा घले र अच्युत पौडेल सञ्चालक समिति सदस्य रहेका थिए । यस अवधिमा फाइनान्सको अधिकृत पुँजी १.०८ अर्ब, साधारण जगेडा कोष २४ करोड तथा कर्जा ८.१३ अर्ब रुपैयाँ कायम रहेको छ ।

२८ वर्षदेखि कास्की, चितवन, तनहुँ, स्याङ्जा, गोरखा, लमजुङ, रुपन्देही, बाँके, नवलपरासी, काठमाडौं एवं ललितपुरमा कुल २५ शाखा सञ्जालमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । 

संस्थाले हालै कर्जा चुक्ता एवं नियमित गरेमा हर्जाना तथा ब्याज रकममा समयावधिअनुसार क्रमशः १० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेको पनि कामु कार्यकारी प्रमुख राजुमोहन भट्टराईले जानकारी दिए । 

सुझावित समाचार