मेवाखोलाबाट डेढ महिनाभित्र बिजुली उत्पादन हुने

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण
मेवाखोलाबाट डेढ महिनाभित्र बिजुली उत्पादन हुने

मेवाखोला जलविद्युत् आयोजना

ताप्लेजुङको मेवाखोलामा बन्दै गरेको युनाइटेड मेवाखोला हाइड्रोपावरबाट करिब डेढ महिनामा बिजुली उत्पान हुने भएको छ । मेरिङदेन गाउँपालिकामा निर्माणाधीन ५० मेगावाटको मेवाखोला जलविद्युत् आयोजनाको काम करिब सकिएको म्यानेजर ओमप्रकाश चौधरीले बताए । उनका अनुसार आयोजनाको काम समग्रमा ९९ प्रतिशत सकिएको छ ।  

आयोजनाको लागत नौ अर्ब रहेको छ । भदौ ०७८ बाट निर्माण सुरु गरिएको आयोजना ०८१ असोजभित्र सम्पन्न गर्ने समय थियो । अब आगामी चैत १५ सम्ममा राष्ट्रिय प्रसारणलाइनमा जोड्ने लक्ष्य रहेको चौधरीको भनाइ छ । निर्माणाधीन यस आयोजनाको साधारण सेयर (आइपिओ) निष्कासनका लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा सहवित्तीयकरण सम्झौतामा हस्ताक्षर भएको छ । कुमारी बैंक, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक र सिभिल बैंकसहित सात बैंकले सात सय करोड रुपैयाँ र ६ सय ७५ करोड आवधिक कर्जा र २५ करोड चालू पुँजी कर्जा ऋण लगानीमा निर्माण भइरहेको बताइएको छ । 

आयोजनाबाट हिउँदमा ९७.४२४ मेगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट गरी वार्षिक ३०३.०११ मेगावाट घण्टा विद्युत् उत्पादन हुने बताइएको छ ।   

सुझावित समाचार