नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

 सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।

ओझासँगै रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरिएको थियो। क्रमानुसार पहिलो नम्बरमा सिफारिस ओझालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिएको हो।

ओझासँग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रका उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभव छ। उनले नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका लागि विज्ञका रूपमा काम गर्नुका साथै पर्यटन नीति, २०८१ निर्माणमा संलग्न, नीतिगत तथा कानुनी परामर्शदाताका रूपमा पनि काम गरेका छन्।

उनले व्यवस्थापनमा स्नातकोत्तर, कानुनमा स्नातकसमेत गरेका छन्। कञ्चनपुरका ३३ वर्षीय ओझा व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषणका रूपमा समेत रहेका छन्। 

सुझावित समाचार