आर्मी र माउन्टेनले जिते बास्केटबल उपाधि

सोमबार, १२ फागुन, २०८१
डिजिटल संस्करण

 नेपाल आर्मी र माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । आर्मीले पुरुष तथा मुभर्सले महिलातर्फको उपाधि जितेका हुन् । आइतबार भएको पुरुष फाइनलमा आर्मीले प्ले बक्सलाई १११–७१ को फराकिलो अन्तरले पराजित ग¥यो । आर्मीका निश्चल महर्जनले २८ स्कोरको योगदान दिए । उनको यो स्कोर प्रतियोगिताकै सर्वाधिक हो । पहिलो क्वार्टरमा ३३–१८ को अग्रता लिएको आर्मीले दोस्रो क्वार्टरमा २९–२०, तेस्रोमा २७–२२ र चौथोमा २२–११ को प्रदर्शन गर्यो । उपाधिसँगै आर्मीले एक लाख तथा प्ले बक्सले ५० हजार रुपैयाँ पाए । 

नखीपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिलाको उपाधि भिडन्तमा मुभर्सले कीर्तिपुरलाई ६२–५० ले हरायो । मुभर्सकी सम्झना शाहले १५ स्कोर गरिन् । राउन्ड रोबिन लिगमा पनि कीर्तिपुर मुभर्ससँग हारेको थियो । मुभर्सले पहिलो क्वार्टरमा २०–१४, दोस्रोमा १८–१० र तेस्रोमा १८–१३ को अग्रता बनाउनु नै जितको आधार बन्यो । कीर्तिपुरले चौथो क्वार्टरमा १३–६ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन । च्याम्पियन मुभर्सले ५० हजार तथा उपविजेता कीर्तिपुरले २५ हजार रुपैयाँ पाए ।

सुझावित समाचार