फोर नेसन्स कपअन्तर्गत नेपाल र म्यानमारबिचाके खेलको पहिलो हाफ बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलमा नेपाल र म्यानमारले २–२ को बराबरी खेलेका हुन्।
खेलको छैटाैँ मिनेटमै अग्रता लिएको म्यानमारले नेपालविरुद्ध दबाब बनाएको थियो। ११औँ मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’को पासमा सविता रानामगरले खेललाई बराबरीमा ल्याए पनि १५औँ मिनेटमा नेपाल पुनः पछि पर्यो।
२–१ ले पछि परेको नेपालका लागि साम्बाले ४०औँ मिनेटमा एक गोल गर्दै पहिलो हाफलाई बराबरी गरेकी हुन्।