फोर नेसन्स कपअन्तर्गत म्यानमारविरुद्धको खेलमा नेपाल दबाबमा परेको छ। आइतबार दशरथ रंगशालामा पहिलो हाफमा म्यानमारले २–१ को अग्रता कायम गरेको छ।
खेलको छैटाैँ मिनेटमै म्यानमारले अग्रता लिएको थियो। ११औँ मिनेटमा सविता रानामगरले नेपाललाई बराबरीमा ल्याए पनि १५औँ मिनेटमा नेपाल पुनः पछि परेको हो।
सावित्रा भण्डारीको पासमा सविताको गोलमार्फत बराबरी गरेको नेपाल सम्हालिन नसक्दा दबाबमा आएको हो।