काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकनहरूले देश बनाउन नसक्ने बताएका छन्।
मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अमेरिकाका नागरिकहरूलाई ‘अल्छी’ भन्दै, उनीहरू आफैँले आफ्नो देश बनाउन नसक्ने टिप्पणी गरेका हुन्।
उनले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईंले हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो रहेको महसुस गराउनुभयो । हामी गरिब छौँ किनभने हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदै छन् । तपाईं गरिब हुनुहुन्छ कि तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन् ।’
बालेनले अमेरिकीले देश बनाउन नसक्ने भन्दै अल्छी मानिसलाई बाँकी संसार चाहिने कुरा बुझ्न ट्रम्पलाई सुझाव दिए । साथै बालेनले डिभी भिसा बन्द गर्न अनुरोध गरेका छन् ।