काठमाडौंमा आदियोगी महादेवको रथयात्रा

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

महाशिवरात्रि नजिकिँदै गर्दा काठमाडौंमा आदियोगी महादेवको रथयात्रा सुरु भएको छ । टोखा नगरपालिका वडा नं ५ का वडाध्यक्ष मदन गुरुङले सद्गुरु सन्निधि, बसुन्धरामा ७ फिट अग्लो आदियोगी महादेवको आरती गरेपश्चात् रथयात्रा सुरु भएको हो। सो रथयात्रा महाशिवरात्रिको अघिल्लो दिनसम्म जारी रहनेछ। हरेक दिन ईशा स्वयंसेवक र आदियोगी महादेवका भक्तहरू रथसँगै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरू पुग्नेछन्। जसमा सूर्यविनायक, डोलेश्वर, चाँगुनारायण, भक्तपुर, दक्षिणकाली, पाटन, पशुपतिनाथ, स्वयम्भूनाथलगायत अन्य स्थान पर्दछन् ।

नेपाल शिवको पवित्र भूमि हो, जहाँ विश्वभरकै विभिन्न उल्लेखनीय शिव मन्दिरहरू रहेका छन्, पशुपतिनाथदेखि हलेँसी महादेव, डोलेश्वर महादेव र अन्य । अहिले ७-फिट अग्लो आदियोगी महादेव चेन्नईबाट करिब २ हजार ५०० किलोमिटरको यात्रा गरी काठमाडौं आइपुगेका छन् ।

यो ७ फिट आदियोगी ती सबैका लागि हुन् जो कोइम्बटुर र बैंगलोरमा रहेको ११२-फिट आदियोगीको उपस्थितिमा हुन सक्दैनन् । कोइम्बटुरको ईशा योग केन्द्रमा रहेको ११२ फिट अग्लो आदियोगीको अनावरण सन् २०१७ मा महाशिवरात्रिको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । आफ्नो एक बातचितमा सद्गुरुले आदियोगीको अनुहार डिजाइन गर्न आफूलाई साढे दुई वर्ष लागेको कुरा उल्लेख गर्नुभएको छ- यस्तो अनुहार जसले एक निश्चित उत्साह र समानताको प्रतिनिधित्व गर्दछ।

योगमा, शिवलाई भगवानको रूपमा हेरिँदैन । बरु, आदियोगी अर्थात् पहिलो योगी अनि आदिगुरु अर्थात् पहिलो गुरुको रूपमा हेरिन्छ । सद्गुरु भन्नुहुन्छ, 'मानवजातिको लागि आदियोगीको जुन योगदान छ, त्यसलाई जुनसुकै जाति, धर्म र लैंगिकताका मानिसहरूले पहिचान गर्नुपर्छ- कुनै भगवानको रूपमा होइन, बरु यस्तो व्यक्तिको रूपमा जो सबै सीमाहरूभन्दा माथि उठे । व्यक्ति जे हुन सक्छ र व्यक्ति जे हुन सक्दैन-आदियोगी ती सबै थिए उनैले पहिलोपटक मानवजातिको लागि यो सम्भावना खोलेका थिए । उनले सम्भावनाको बारेमा कुरा मात्र गरेनन्, बरु त्यसलाई कसरी सम्भव बनाउने भनेर निश्चित विधिहरू पनि दिए । मानव चेतनालाई माथि उठाउनको लागि कसैले पनि आदियोगीले जति योगदान गरेका छैनन्- न उनीअघि, न उनीपछि।'

See More On

सुझावित समाचार